माओबादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा असिम राई

नेकपा माओबादी केन्द्र सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी पार्टी सचिव असिम राईलाई दिइएको छ ।

माओबादी केन्द्रको १ नम्बर प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले युवा नेता राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।

यस अघिको जिल्ला कमिटीको पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै थुलुङदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिईएको हो ।

आफुले पटक पटक जिल्ला पार्टीको नेतृत्व गरिसकेकाले पार्टीभित्रै नेतृत्व हस्तान्तरणका लागि पनि अध्यक्षमा राईलाई अगाडी सारिएको निवर्तमान अध्यक्ष गोम्बु शेर्पा (कज्र्याङ)ले बताउनुभयो।

सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुंग्याउने छ । प्रदेश कमिटी बैठकले पार्टी सह–ईन्चार्जको जिम्मेवारी प्रदेश किमिटि सदस्य ठमनाथ पराजुली (ध्रुव)लाई दिईएको छ । पराजुली यस अघि जिल्ला कमिटीे उपाध्यक्ष हुनुहुन्थ्यो।

जिल्ला ईन्चार्ज भने यस अघिदेखि नै पार्टी केन्द्रिय सदस्य एवं संघीय सांसद हेमकुमार राई ‘सुरविर’ रहनुभएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको आठ स्थानीय तहमा इन्चार्ज तोकेको छ ।

माओवादी केन्द्र प्रदेश नं १ को बैठकले सोलुका आठ नेतालाई पालिका इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

माओवादीको खुम्बु पासाङल्हामु गाउँपालिकाको इन्चार्जमा नाम्गेल शेर्पा, नेचासल्यानमा केशरबहादुर राई, लिखुपिकेमा गाउँपालिका अध्यक्ष समेत रहेका डम्बरबहादुर बस्नेत, थुलुङ दुधकोशीमा घनश्याम नेपालीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गणेश कुमार राई (बसन्त) माप्य दुधकोशी, सोलुदूधकुण्ड नगरपालिकामा दावातेन्जी लामा, महाकुलुङमा दिप कुलुङ र सोताङमा मदन राईलाई माओवादीको इन्चार्ज तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार