टुपेन मगरको प्रकृतिको उपहार सार्वजनिक (भिडियो सहित)

टुपेन मगरको प्रकृतिको उपहार “माटोको गीत” बोलको गीत सार्वजनिक भएको छ ।
आज वसन्त पञ्चमीको दिन पारेर गीतकार मगरले उक्त गीतको लिरिकल भिडियो युटुव मार्फत सार्वजानिक गरेका हुन् ।

गीतमा जसिहाङ राईको संगीत, पवनवाङ लामाको संगीत संयोजन, राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । गीतमा नेचासल्यानको सुन्दरताको खूब बयान गरिएको छ ।

साोलुखुम्बु जिल्लाको नेचामा जन्मिएका गीतकार मगर हाल हङ्कङ बस्दैआएका छन् । हङ्कङ बसाइ भए पनि नेपाली गीत–संगीतमा उनकोे उपस्थिति रहँदै आएको छ ।

गाउँले इन्टरटेनमेन्टको युटुव च्यानलमार्फत सार्वजनिक भएको लिरिकल भिडियो गंगाराम राईले सम्पादन गरेका छन् । नेपाली गायन क्षेत्रका शिखर गायक–गायिकाको सशक्त गायन भएको यो गीत सबैखाले दर्शक श्रोताले सुन्न/हेर्नलायकको बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार