‘नगरबासीकै चहानाले पुनः मेयरको उम्मेद्वार बनेको हुं’

सोलुदूधकुण्ड नगरपालिकाको मेयरका उम्मेद्वार नाम्गेलजाङ्बु शेर्पाले नगरबासीको तिब्र चहानाकै कारण आफुले दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएको बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका १० लुम्सामा आज (बिहिवार) काङ्ग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार शेर्पाले बिकासमा गति लिइसकेको नगरपालिकालाई अदकल्चो छोड्न नसकेकाले आफु पुनः मेयरमा दोहोरिन चाहेको जिकिर गरे।

उनले भने-´म पार्टीको जिल्ला सभापति पनि हु, सिङ्गो पार्टी पङ्तिलाइ हाक्नु पर्ने जिम्मेवारी पनि मेरो काधमा छ, मैले पार्टीमा पनि अरु साथीहरू अघि बढ्नुस अब म पार्टी हाकेर बस्छु भने तर जनताले फेरि एक पटक नगरपालिकाको नेतृत्व तपाइले नै गर्नु पर्छ भन्ने आग्रह गरेकाले मैले पुन एक कार्यकाल जनताको सेवा गरौ न त भन्ने निधो लिए, मैले यो पटक पमि निर्वाचन जितेमा म तपाईंहरूको बिश्वास डकमकाउन दिन्न ।`

निवर्तमान मेयर समेत रहेका शेर्पाल ५ बर्ष नगरपालिकाको नेतृत्व गर्दै सुशासन र पारदर्शिताको सवालमा जिल्लाकै नमुना स्थानीय तह बनाएको दाबी गरे ।

अहिले सम्म नगरपालिकामा कसैले सुशासन र पारदर्शिताको सवालमा कसैले औंला उठाउने हिम्मत गर्न नसकेको स्मरण गराउदै नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन काङ्ग्रेसको विकल्प नरहेको उनको भनाइ छ ।

निर्वाचन स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न हुने भएकाले कसैको डर, धाकधम्कीमा नपरि मताधिकारको प्रयोग गर्न शेर्पाले आग्रह गरे ।

३० गतेको दिनले आगामी पाँच बर्षको भब्य निर्धारण गर्ने भएकाले ठण्डा दिमाखले सोचेर मात्रै रुखमा छाप लगाउन अपिल गरे ।

लुम्सामा भएको कार्यक्रममा काङ्ग्रेसबाट उपमेयरका उम्मेदवार गान्धी माया तामाङ, वडा अध्यक्षका उम्मेद्वार होम बहादुर मगरसहित २५० जना भन्दा बढी स्थानीयको सहभागिता थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार