लिखुपिकेमा कार्कीको जीत सोलुखुम्बुकै गौरव हो –सभापति शेर्पा

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट मीना कार्की बस्नेतको जीत सोलुखुम्बुकै गौरव र ऐतिहासिक भएको नेपाली काँग्रेस सोलुखुम्बुक प्रदेस सभा ख का सभापति कर्मा शेर्पाले बताउनुभएको छ ।

अध्यक्ष कार्कीलाई बधाई दिँदै सभापति शेर्पाले जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक प्रमुख पदमा महिला निर्वाचित हुनु नेपाली काँग्रेस र समग्र महिलाहरुकै लागि सकरात्मक कुरा भएको उल्लेख गर्नुभयो । उहाँको जीतले महिलाहरु पनि अवसर पाए सबै क्षेत्रमा सक्षम भएको प्रमाणित भएको उहाँको भनाइ छ ।

महिला प्रत्यक्ष निर्वाचनमा प्रायजसो उमेद्वार नबनाउने अवस्थामा सोलुखुम्बुबाट सरकार प्रमुखको उम्मेदवार बनाउन आफूले प्रदेस सभा सभापतिको हैसियतबाट सिफारिस गरेको र पार्टीको जिल्ला नेतृत्वले सहज स्विकार गरी कार्कीलाई उमेद्वार बनाएको शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार