सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको विकट क्षेत्र दूधकोशी नदीपारी पर्ने थुलुङ दूधकोशी गाउँपालिका–५ सुकेपोखरीमा लक्ष्मी बैङ्ककोे शाखारहित बैङ्किङ सेवा विस्तार गरिएको छ । यससँगै पालिकाका ९ वटा वडा रहेको यस पालिकाका चार स्थानमा सेवा विस्तार भएको छ ।
स्थानीय सरकारबाट बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई जनतालाई सामाजिक सुरक्षा भत्तालगायत अन्य बैङ्किङ सेवा घरदैलोमा सहज रुपमा पु¥याउने उद्देश्यले गाउँपालिकाको वडा नम्बर ४, ५ र ९ लाई पायक पर्ने स्थान सुकेपोखरीमा सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन सरकारले बैङ्किङ प्रणाली लागु गरेको भएपनि भौगोलिक हिसाबले निकै कठिन भएकोले यसलाई सहज बनाउन पालिकाका विभिन्न स्थानमा सेवा सुचारु गरिएको उहाँको भनाइ छ । सेवा शुरु गर्दै गाउँपालिका अध्यक्ष राईले शाखारहित बैङ्किङ सेवा विस्तार भएसँगै थुलुङ दूधकोशी गाउँपालिकाको सबै वडाहरु बैङ्कको सहज पहुँचमा पुगेको बताउनुभयो ।
आफ्नै आँगनमा सामाजिक सुरक्षा भत्ता लिन पाउँदा स्थानीय बृद्धहरुले खुशी हँुदै बैङ्कसम्म पुग्दा असहजतासंगै महङ्गो समेत हुने भएकाले स्थानीय सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । लक्ष्मी बैङ्क शाखा कार्यालय मुक्लिबाट प्राप्त गर्ने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्ने सकिने बैङ्कले जनाएको छ ।