थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

देशभरि आज थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ७ सय ३७ वटा नमुनाको परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार ३ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार