रमेशको ‘वरको छायाँले’ गीत सार्वजनिक (भिडियो सहित)

रमेश श्रेष्ठको “वरको छायाँले” बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

ओखलढुंगा निवासी श्रेष्ठले आफ्नै जन्मभूमि रुम्जाटार, ठोट्ने खोला, माम्खा देउराली, लगलगेलगायतका स्थानहरु बर्णन गर्दै माया प्रेमका कुरा समेटेर लेखेको गीतमा जसिहाङ राईले संगीत भर्नुभएको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ । उक्त गीतमा संगीतकार जसिहाङ राई र चर्चित गायिका श्रेया राईको स्वर रहेको छ ।

गीतको लिरिकल भिडियो सम्पादन गङ्गाराम राईको रहेको छ । उक्त भिडियो गाउँले ईन्टरनेटमेन्ट युटुबबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिमी राई उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राई, चोमोलुङमा प्रतिष्ठानका सचिव सुबास जमरकटेल, रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोला, गायक राईबहादुर राईलगायत गीत संगीतसँग आवद्ध श्रष्टा र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार