प्रदेश सभा सदस्यमा निराैलाकाे नाम सिफारिस

नेपाली कांग्रेस महासमिति सदस्य इन्दिरा निरौलाको प्रदेशसभा सदस्य उम्मेदवारीमा नाम सिफारिस भएको छ। आउँदो ४ मंसिरमा हुने प्रदेशसभा सदस्य पदका लागि सिन्धुली क्षेत्र नम्बर १ प्रदेश क बाट निर्वाचनमा जाने तयारीमा रहेता पनि अहिले प्रत्यक्षतर्फ नजाने पुराना अग्रज नेताहरुको सरसल्लाहबाट आँफु समानुपातिक कोटामा जान तयारी भएको उनले बताइन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी थिइन् । तर, पार्टीभित्रको छलफल र सहमतिपछि उनी मेयर पदमा उम्मेदवारी नदिएको उनले बताइन् । राजनीतिक पृष्ठभूमिमा हुर्केकी उनले आफ्नो क्षेत्रमा राम्रो छवि बनाएकी छन् ।

गत मंसिरमा पार्टीको सम्पन्न १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनी विद्यालयस्तरमा पढाइमा अब्बल विद्यार्थीको रूपमा रहेकाले सिए बन्ने उद्देश्य रहेको थियो। अन्ततः सामाजिक तथा राजनीतिक क्षेत्रमा शिक्षण पेसा छाडेर कांग्रेसको राजनीतिमार्फत देश सेवामा होमिएको निरौला बताउँछिन् ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण कार्यलाई अघि बढाएर स्थानीयको मन जित्न सफल निरौला सिन्धुलीबाट उदाउँदो नेताको रुपमा आफूलाई अगाडि बढाएकी छन् । सोलुखुम्बुको नेचासल्यान १ मा जन्मिएकी निरौलाका बुबा अहिले जिल्ला समन्वय समिति सोलुखुम्बुको सदस्य हुनुहुन्छ भने आमा क्षेत्रीय प्रतिनिधि हुनुहुन्छ ।

आमाबुबाबाटै प्रेरणा लिएर बाल्यकालबाटै राजनीतिमा लागेकी इन्दिरा जनताको काम र सेवा नै आफ्नो कर्म र जिम्मेवारी ठान्छिन् । उनी वल्ड डोनर एशोशियशन नेपालको केन्द्रिय सदस्यसम्म पुगेर रक्तदानको क्षेत्रमा सामाजिक कामहरू गर्दै आएकी छिन् । प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने निरौला अरूहरूलाई पनि रक्त दानको अभियान लिएर हिड्छिन् ।

रगत अभावको कारण कुनै पनि व्यक्तिले अकालका ज्यान गुमाउनु नपरोस भनेर उनी सदैव सामाजिक कार्यमा लाग्ने गर्छिन् अन्याय र भष्ट्राचारको विरूद्धमा सदैव आवाज उठाउने उनी विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेकी छिन ।

जनता र आफ्नो क्षेत्रको विकास निमार्णका काम लिएर उनी कहिले बागमती प्रदेश राजधानी हेटौँडा त कहिले संघीय राजधानी काठमाडौं पुगिरहन्छिन् । स्थानीय क्षेत्रमा उनले शिक्षा, स्वास्थ्य, विकास निर्माणका लगायतका क्षेत्रमा गरेको काम गरेर प्रशंसाको पात्र बनेकी छन् । सिन्धुलीमात्र होइन उनी जन्मिएको सोलुखुम्बुमा पनि उनी प्रेरणाको स्रोत बनेकी छन् । source:ekataonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार