प्रदेश १ मा भोलि सार्वजनिक बिदा

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी आसन्न प्रदेशसभा सदस्य निर्वाचन मोरङ क्षेत्र ३ (१) मा उम्मेदवारसमेत थिए ।ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार