सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न पुस २ गते शनिवार कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
बैठकमा निर्वाचनमा पार्टीको विधान र सिद्धान्त विपरित काम गर्नेहरु उपर छानविन गर्न अनुशासन समिति गठन गरिने जिल्ला पार्टी सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो।
बैठक सल्लेरीको बसन्त बजारस्थित पार्टी कार्यालयमा पुस २ गते विहान ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।