कांग्रेस सोलुखुम्बुद्वारा बस्नेतको संयोजकत्वमा अनुशासन समिति गठन

सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुले गणेशबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

सल्लेरीस्थित पार्टी कार्यालयमा जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाको सभापतित्वमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले जिल्ला सदस्य बस्नेतको संयोजकत्वमा अनुशासन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा दावागेलु पाख्रिन राजु र नवाकसिं राई चयन गरिएको सहसचिव उत्रमान खालिङले जानकारी दिनुभयो। उहाँकाअनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह र मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्ने पार्टीका नेताकार्यकर्ताहरु उपर उक्त समितिले छानविन गर्ने छ ।

समितिले निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई पराजित गर्न भूमिका खेलेको बारे उजुरी आव्हान गर्ने र उजुरी उपर छानविन गरी पुस १५ गतेभित्र प्रदेश समितिमा सिफारिस गर्ने बताइएको छ ।

प्रदेश अनुशासन समितिले केन्द्रिय अनुशासन समितिमा पेश गर्ने छ । यसैबीच, सोही बैठकले पार्टीको एनसि वमेन लिडरसिप फोरम गठनका लागि नेतृ सरला नाछिरिङलाई जिम्मेवारी प्रदान गरेको छ ।

पार्टीमा महिलाहरुको नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न जिल्लामा फोरम गठनका लागि नाछिरिङलाई जिम्मेवारी प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार