नेविसंघ सोलुखुम्बुको अध्यक्षमा बस्नेत – Himshikharnews.com

नेविसंघ सोलुखुम्बुको अध्यक्षमा बस्नेत

 

नवनिर्वाचित बस्नेतलाई तीन महिनाभित्र नेविसंघ जिल्ला कार्यसमितिको अघिवेशन गर्ने गरी नियुक्त गरिएको जनाइएको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघले जिल्लाहरुमा विवरण मागे बमोजिम नेपाली कांग्रेस सोलुखुम्बुको पत्र अनुसार जिल्लाको नेविसंघ अध्यक्ष रिक्त रहेको र ३२ वर्षे उमेर हद समेत आर्कषित भएकाले बस्नेतलाई जिल्ला अध्यक्षमा नियुक्त गरिएको उल्लेख छ ।

 

नवनिर्वाचित अध्यक्ष बस्नेतले जिल्लामा नेविसंघको विधानमा रही विद्यार्थी संगठन गठन विस्तारलाई तिब्रता दिदै विद्यार्थीको हक हितका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेविसंघ नेपाली कांग्रेसको भातृ संगठन भएकाले पार्टीको विधानमा टेकेर तिब्रताका साथ काम गर्न कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका छन् ।

 

पार्टी कार्यालय सल्लेरी बसन्तबजारमा आयोजित कार्यक्रममा पार्टीका सहसचिव उत्रमान राई, अनुशासन समितिका संयोजक गणेशबहादुर बस्नेत, पार्टीका प्रदेश सभा ख सभापति कर्मा शेर्पा, नेतृ राधिका श्रेष्ठ, टंकीमाया बस्नेत,  युवा नेताहरु उजिर कार्की, केबी घिमिरे, धनबहादुर विश्वकर्मा, फुर्वाग्याल्जेन शेर्पा, नेविसंघमा आवद्ध विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार