सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा १ का सांसद गोम्बु शेर्पा कज्र्याङलाई पितृ शोक परेको छ ।
जिल्लाको सोताङ गाउँपालिका २ जुकेका सांसद शेर्पाको पिता लाक्पा शेर्पाको आईतबार विहान ३ बजे ७४ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
हिजो बेलुकाबाट टाउको तथा मुटु दुख्ने विरामी भएका लाक्पाको विहान निधन भएको सांसद गोम्बु शेर्पा कज्र्याङले जानकारी दिनुभयो । उहाँको बौद्ध परम्परा अनुसार अत्यष्टि गरिने जनाइएको छ ।