शेर्पा नगर शिक्षा समिति सदस्यमा मनोनीत

 

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा सोलुदूधकुण्ड नगरपालिका-७ का दोर्जी शेर्पालाई मनोनित गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ दफा ८ को उपदफा (झ) बमोजिम गएको मंसिर १८ गते बसेको नगर कार्यपालिका बैठकले गरेको निर्णयले शेर्पालाई सदस्यमा मनोनित गरेको हो ।

लामो समय शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै शेर्पालाई उहाँको अनुभव प्रयोग गर्दै नगरपालिकाको शिक्षा क्षेत्रमा थप टेवा पुर्‍याउन मनोनित गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । नवगठित नगर शिक्षा समितिको अवधि ३ वर्ष  हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार