थुलुङ दुधकोशीले अध्यक्ष तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

सोलुखुम्बुको थृुलुङ दुधकोशी गाउँपालिकाले चौथो अध्यक्ष रनिङ शिल्ड भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट आपसी सद्भाव र सहिष्णुता कायम गराउने उदेश्यका साथ पालिकाले आगामी फागुन १ देखि ६ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।

साथै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानीय तह¸ जिल्ला¸ प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्धेश्यका साथ चौथो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिवल प्रतियोगिता र स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

अध्यक्ष रनिङ शिल्डमा प्रथम, द्वितिय र तृतिय हुने पुरुष तथा महिला टिमलाई समान क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजारको साथमा शिल्ड, मेड र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला सिङ्गल तथा पुरुष डबल व्याटमिन्टन प्रतियोगितामा महिलातर्फ प्रथम¸ द्वितिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमशः नगद १० हजार, ८ हजार र ६ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

महिला तथा पुरुष टेबल टेनिसतर्फ प्रथम द्वितिय र तृतिय स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको साथमा भव्य साँस्कृतिक साँझको समेत आयोजना गरिएको थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार