सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा गार्मा माध्यमिक विद्यालय गार्मामा स्थानीय तह स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला र मेयर नाम्गेलजाङ्बु शेर्पाले संयुक्त रुपमा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको छ ।

उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैल क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने जिसस प्रमुख निरौलाले बताउनुभयो । यस क्रममा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले विशिष्ट अतिथिको रुपमा बोल्दै स्थानीय सरकारको प्राथमिकतामा खेल परेको बताउनुभयो।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले स्वास्थ्य र राष्ट्रका लागि खेलले ठुलो योगदान पुर्‍याउने भएकाले यसलाई अझै व्यवस्थित गरिनुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, सोलुदुधकुण्ड नगरपलिकाका उपमेयर गान्धिमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राईलगायतले खेल सफलताका लागि शुभकामना दिनुभएको थियो। कार्यक्रमका सभापति तथा सोलुदूधकुण्ड नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सोनामग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरू, प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगर,विभिन्न वडाका अध्यक्षहरू,विभिन्न माविका प्रधानाध्यापकहरूलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्टस् विभिन्न इभेन्टस्का लागि नगरपालिकाभित्रका १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार