सोलुमा वैशाख ५ बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सोलुखुम्बु । सोलुखुम्बुमा वैशाख ५ गतेबाट १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आज सल्लेरीमा बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले बैशाख ५, ६ र ७ गते प्रतियोगिता गर्ने निर्णय गरिएकोे हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरको अध्यक्षतामा बसेको उक्त बैठकले प्रतियोगिता जनजागृति मावि सल्लेरीको खेल मैदानमा गर्ने पनि निर्णय गरिएको छ ।

भलिबल, कवडी, मार्सल आर्ट, एथ्लेटिक्ससहित विभिन्न ६ विधामा हुने प्रतियोगितामा जिल्लाको आठ वटै स्थानीय तहका खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नेत्र घिमिरेले बताउनुभयो।

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता हुने उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार