सोलुमा ३६ सय बढी सवारी कारबाहीमा, ३१ लाख बढी राजस्व संकलन

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नौ महिनामा ३६ सय बढी सवारी कारबाहीमा परेका छन्। जिल्लामा चालु आर्थिक बर्षको असारदेखि चैत्र मसान्तसम्म ३ हजार ६५० वटा सवारी साधन सडक नियम उल्लंघन गरे बापत कारबाहीका हुन् ।

उक्त अवधिमा सबै भन्दा बढी मोटरसाईकल १४ सय २२ वटा, जीप, कार १३ सय २४ वटा, ट्रक २४० वटा, ट्याक्टर १८७ वटा, टिप्पर १२८, बस २० वटा र अटो रिक्सा १२५ वटा कारबाहीमा परेको जिल्ला ट्राफीक प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त इन्चार्ज नारायण बस्नेतले जानकारी दिनुभयो।

सो कारबाहीबाट ३१ लाख ४६ हजार राजस्व संकलन भएको जनाइएको छ । जसमा मोटरसाईकलबाट १२ लाख ४२ हजार, जिप, कारबाट १२ लाख ७३ हजार ५ सय, ट्रकबाट २ लाख २२ सय ५ सय, ट्याक्टरबाट १ लाख ७६ हजार र अटो रिक्साबाट ८२ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस आर्थिक वर्षमा जिल्लामा ६ वटा सवारी दुर्घटना भएका छन्। जसमा दुई ट्रक टेंकर, एक जिप, २ मोटरसाइकल र एउटा ट्याक्टर दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा ९ पुरुष र १ महिला घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार