सोलुखुम्बु। सोलुखुम्बुमा भएको जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सोलुदुधकुण्ड नगरपालिकाले हात पारेको छ । सदरमुकाम सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र १६ कास्य सहित सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको हो ।
१४ स्वर्ण सहित ३८ पदक पाएर थुलुङ दुधकोशी गाउँपालिका दोस्रो र सात स्वर्ण सहित २३ पदक पाएर माप्यदुधकोशी गाउँपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै, नेचासल्यान गाउँपालिका ६ स्वर्ण सहित १९ पदकका साथ चौथो, महाकुलुङ गाउँपालिकाले १ स्वणसहित ११ पदक, खुम्बु पासाङल्हामु गाउँपालिकाले १ स्वर्ण सहित ८ पदक र सोताङ गाउँपालिकाले १ स्वर्ण सहित ५ पदक प्रप्त गरेका छन् ।
प्रदेश स्तरीय प्रतियोगिताका लागि विभिन्न १८ विधाका खेलहरुबाट ८६ जना खेलाडी छनौट भएको सचिव घिमिरेले बताउनुभयो । बैशाख ५ गतेदेखि ७ गतेसम्मरु भएको प्रतियोगितामा जिल्लाका ७ वटा पालिकाले सहभागीता जनाएको थिए । जसमा लिखुपिकेले भने स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न गर्न नसकेका कारण सहभागीता जनाउन नपाएको जनाइएको छ ।