नगर शिक्षा समिति सोलुदुधकुण्डको बैठक सम्पन्न

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिले विभिन्न निर्णय गरेको छ । नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्र सञ्चालित सामूदायिक तथा संस्थागत पाँच वटा विद्यालयहरुलाई कक्षा थपका लागि अनुमति प्रदान गरेको छ ।

त्यस्तै, बैठकले विज्ञान प्रयोगशाला र पुस्तकालय अनुदानका लागि पनि विद्यालय छनोट गरेको छ । चालु आर्थिक वर्षमा प्राप्त विज्ञान प्रयोगशाला अनुदान गार्मा माध्यमिक विद्यालय र पुस्तकालय अनुदान सिसाखोला आधारभूत विद्यालयलाई छनोट गर्ने निर्णय गरेको हो ।

सोही क्रममा नगरपालिकाभित्रका शिक्षकहरुको दरबन्दी मिलानका लागि पनि आन्तरिक तयारी भइरहेको जनाइएको छ । केही समयभित्रनै दरबन्दी मिलानको काम सक्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार