शिक्षक महासंघको आन्दोलनमा सोलु काँग्रेसको ऐक्यबद्धता

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले नेपाल शिक्षक महासंघले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङबु शेर्पाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारी हित तथा शैक्षिक सुधारका एजेन्डा सहित शिक्षक महासंघले प्रारम्भ गरेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको उल्लेख गर्नुभएको छ।

‘२०७५ सालमा शिक्षक महासंघ र शिक्षा मन्त्रालय बिच भएको सम्झौताका मुलभूत बुँदाहरू प्रस्तावित संघीय शिक्षा ऐनमा समावेश नहुनु दुखद पक्ष हो, उक्त बुँदाहरू अक्षरस समाविष्ट गरी शिक्षक, कर्मचारी र शिक्षा क्षेत्रको हितमा काम हुने परिस्थितिको निर्माण गर्न नेपाल सरकारलाई अपिल गर्दछौ।’ विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार