कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

सप्तकोशी नदीमा ११ वर्षकै  पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

सोमवार बिहान ६ बजेको मापन अनुसार ४ लाख ५२ हजार ७ सय १० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादबका अनुसार ११ वर्षकै कोशीमा पानीको उच्च बहाव मापन गरिएको छ । अहिले व्यारेजमा आवतजावत बन्द गरिएको कान्टोल रुमका अमित यादवले बताउनु भयो ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च भएको छ । कोशीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावा, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । बाबुराम कार्की /गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार