नेचामा निःशुल्क दन्त शिविर हुने

सोलुखुम्बु। वी. पी. कोइरालाको जन्म जयन्तीको अवसरमा वी. पी.विचार राष्ट्रिय समाज साेलुखुम्बु तथा ॐ चावहिल डेन्टल हस्पिटलकाे संयुक्त आयाेजनामा यही भदौ २२ गते दन्त शिविर सञ्चालन हुने भएको छ।

नेचासल्यान गाउँपालिका ३ मा रहेको हिमाल दर्शन माविमा विशेषज्ञ डाक्टरहरुकाे उपस्थितिमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने वी. पी.विचार राष्ट्रिय समाज साेलुखुम्बुका अध्यक्ष चन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो।

आवश्यकता परेमा एक दिन थप संचालन हुने उहाँले बताउनुभयो।
शिविरमा दाँत परीक्षण, सफाई, दाँत झिक्ने लगायतका सेवा प्रदान गरिने छ भने काठमाडौं जानेलाई निःशुल्क सिमेन्ट भर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार