कांग्रेस सोलुले महासमिति सदस्य चयनका लागि छलफल गर्ने

सोलुुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले महासमिति सदस्य चयनका लागि छलफल गर्ने भएको छ ।

महासमिति चयनका लागि यही असोज २४ गते पार्टी कार्यालय सल्लेरीमा छलफलको आयोजना गरिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो
करिब डेढ वर्ष अघि भएको जिल्ला अधिवेसनबाट निर्वाचित महाधिवेसन प्रतिनिधिहरुको उपस्थितीमा छलफल गरिने भएको हो ।

कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम महासमिति सदस्य चयन जिल्ला अधिवेसन लगत्तै हुनुपर्नेमा हालसम्म हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार