शेर्पाले बनाए एक करोडको लागतमा भूकम्प प्रतिरोधी विद्यालय भवन

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ नेचागैरीमा रहेको गणेशथान माविमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भएको छ।

छोङबा लामा शेर्पा अध्यक्ष रहेको मोनभिसो फाउन्डेसनले निर्माण गरेको विद्यालय भवन तथा शौचालयको गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, वडाध्यक्ष राजन कुमार राई र मोनभिसो फाउन्डेसनका अध्यक्ष छोङबा लामा शेर्पाले उद्घाटन गर्नुभएको छ।

करिब एक वर्षको अवधिमा निर्माण गरेको सो भवनको लागत १ करोड २ लाख रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ ।

सोही कार्यक्रममा ३०० जना भन्दा बढी विद्यार्थीलाई स्विटर वितरण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार