शिक्षक र स्वास्थ्यकर्मीलाई आधारभूत आंँखा उपचार तालिम

सोलुखुम्बु। सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आंँखा प्रतिष्ठानको आयोजना तथा हिमालयन क्याटर्याक्ट प्रोजेक्टको सहयोगमा सोलुखुम्बुको फाप्लुमा शिक्षक तथा स्वास्थ्यकर्मीहरूलाई आधारभूत आंँखा उपचार तालिम प्रदान गरिएको छ।

सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा नगरपालिकाभित्रका प्रत्येक विद्यालयहरूबाट एक जना शिक्षकको सहभागितामा ५८ शिक्षकहरूलाई एक दिने आधारभूत आंँखा उपचार तालिम प्रदान गरिएको हो । विद्यालयमा आउने विद्यार्थीहरूको दृष्टि जाँच गरि चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थी पहिचान गरि सामुदायिक आँखा केन्द्र फाप्लुमा पठाउनका लागि शिक्षकहरूलाई तालिम दिइएको सामुदायिक आँखा केन्द्र फाप्लुका आंँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो।

तालिमबाट आँखा सम्बन्धी धेरै कुराको जानकारी भएको सहभागी शिक्षकहरूले बताए।

त्यस्तै, स्वास्थ्य कार्यालय सोलुखुम्बुको समन्वयमा सोलुखुम्बु जिल्लाभरीका विभिन्न स्वास्थ्य संस्थाबाट १९ जना स्वास्थ्यकर्मीहरूलाई २ दिने आधारभूत आंँखा उपचार तालिम प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका आंँखा सम्बन्धी समस्या भएकाहरुको पहिचान गरि सामुदायिक आँखा केन्द्र फाप्लुमा थप उपचारका लागि रिफर गर्न तालिम प्रदान गरिएको जनाइएको छ ।

तालिमको सहजीकरण तिलगंगा आंँखा प्रतिष्ठानका नविन राजवंशी, हस्त बहादुर राईलगायतले गर्नुभएको थियो। सहभागीहरुले तालिम रुचिपुर्वक लिएको सामुदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज विधान ताम्रकारले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार