विद्यार्थीलाई ‘ड्रेस र ज्याकेट’ वितरण

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा रहेका तीन विद्यालयका ८९ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक र न्यानो ज्याकेट बितरण गरिएको छ ।

Sherpa Aid Throughout Himalays Founder Thile lama sherpa (SATHI) नामक गैरसरकारी संस्थाले सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङको उपस्थितिमा चिवाङ आधारभूत विद्यालय सुर्के, रमाइलो ज्योति आधारभूत विद्यालय जैदु र सरस्वती आधारभूत विद्यालय कुनिखोपका बिद्यार्थीलाई विद्यालय पोशाक र न्यानो ज्याकेट बितरण गरेको विद्यालयका प्रधानाध्यापक गीता कार्कीले जानकारी दिनुभयो। त्यस अवसरमा तीनै विद्यालयका १० जना शिक्षकहरूलाई पनि ज्याकेट वितरण गरिएको उहाँले बताउनुभयो।

पोशाक र न्यानो ज्याकेट बितरण गर्दै उप मेयर तामाङले गैरसरकारी संस्थाले सामुदायिक विद्यालयमा गर्ने यस्तो सहयोगले विद्यार्थीहरूलाई विद्यालय जान प्रेरित गर्ने बताउनुभयो। सामुदायिक विद्यालयमा विभिन्न परिवेशका विद्यार्थी अध्ययन गर्ने भएकाले अभिभावकलाई समेत यस्ता सहयोगले सहज हुने उहाँको भनाइ छ।

विगत लामो समयदेखि उक्त विद्यालयलाई विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको संस्थाका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिले लामा शेर्पाले निरन्तर सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा वडा अध्यक्ष युबास तामाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार