सुरुभयो न्याभको मल्टिकल्चरल क्रिकेट

१४ अप्रील, मेलबर्न । नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को पहिलो आयोजनामा मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट शुक्रबारबाट सुरुभएको छ ।

प्रतियोगितामा भिक्टोरियाका नेपाली बाहेक भारतीय, श्रीलङ्कन, भुटनिज र बाङ्लादेशी क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन डेरेबिन सिटी काउन्सिलकी मेयर किम लि सेर्फ, भिक्टोरियन मल्टिकल्चरल कमिसनका कमिसनर डा. मिमीबाट, डेरेबिन काउन्सिलर लिना मसेना, न्याभका सस्थापक डा. राजु अधिकारी, न्याभका भुतपूर्व अध्यक्ष तथा सल्लाहकार बम योन्जन, क्रिकेट भिक्टोरियाका प्रतिनिधि हुसेन हनिफ, क्रिकेट अस्ट्रेलियाका वेन सेल्ज, एनआरएन अस्ट्रेलियाका सचिब टोनु घताने लगायतको उपस्थिती थियो ।

टुर्नामेन्टको पहिलो खेल शुक्रबार नेपाली क्रिकेट टिम ‘ए’ र भारतीय टिम शक्ति लायनवीच भएको खेलमा एक रनले बिजयी भएको छ ।

पहिले ब्याटिङ गरेको शक्ती लायन्सले २० ओभरमा ९ विकेट को क्षतिमा एक सय १८ रन बनायो भने बदलामा उत्रेको नेपाली टोलिले उन्नाइस दसमलब पाच ओभरमा सबै विकेट गुमाएर एक १७ रनमा समेटियो ।

यसैगरी शुक्रबार नै भएको अर्को खेलमा नेपाली क्रिकेट टिम ‘बि’ ले भुटानिज क्रिकेट टिमलाई ६ वीकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङमा उत्रिएको भुटानिज क्रिकेट टिमले २० ओभर खेलेर ९ विकेटको क्षतीमा जम्मा ९८ रन बनायो भने बदलामा उत्रिएको नेपाली टिम ‘बि’ ले ४ विकेटको क्षतीमा १३ ओभर खेलेर लक्ष भेट्टयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार