‘लकडाउन अवधिमा खाद्य सङ्कट भए फोन गर्नुस्’ -कांग्रेस नेता कार्की

सोलुखुम्बु / नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले विभिन्न कारणले सोलुखुम्बुबाट आएर काठमाडौँमा रहेका सोलुखुम्बुका नागरिकलाई लकडाउनको अवधिमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले यो अवधिमा खाद्य सङ्कट, औषधि उपचार लगायतमा समस्या भए सम्पर्कमा आएका जिल्लाका नागरिकलाई व्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा गर्नुभएको हो।

उद्योग व्यवसायी तथा समाजसेवी कार्कीले लकडाउनको अवधिभर कुनै समस्या परेमा आवश्यक सहयोग गर्ने बताउनुभयो। उहाँले कोरोना भाईरसबाट जोगिनका लागि सावधानी अपनाउन र घरभित्रै बस्न अनुरोध समेत गर्नु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेता कार्कीले आफ्नोसहित तीनवटा सम्पर्क नम्बरमा फोन गर्न अपिल गर्नुभएको छ। कार्कीलाई ९८१३७६३०३३ र दिनराज बास्तोलालाई ९८६२८४८४८३/९८०३५५२८७५ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार