माओवादी केन्द्र माप्यदूधकोशी गाउँपालिका अध्यक्षमा खालिङ

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाको माओवादी केन्द्रको गाउँपालिका कमिटीको अध्यक्षमा प्रकाश खालिङ चयन हुनुभएको छ।

पार्टीको जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख समेत रहनुभएका खालिङलाई पछिल्लो समय गाउँपालिका अध्यक्षको जिम्मेवारी दिइएको हो।

२०५९ सालमा अनेरास्ववियु क्रान्तिकारी बासाखाली माविको सचिव भएर विद्यार्थीबाट राजनीति सुरु गर्नुभएका खालिङ जनसांस्कृतिक एरियामा आबद्ध हुंदै २०६४ सालमा काठमाडौंको आरआर क्याम्पस अनेरास्ववियु क्रान्तिकारीको कमिटी सदस्य भएर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

त्यसपछि व्यवसायिक पत्रकारितामा जोडिनु भएका खालिङ क्रान्तिकारी पत्रकार संघ, प्रेस सेन्टरको प्रदेश नम्बर एकको सहसचिव, एमाले र माओवादी एकतापछि प्रेस संगठन नेपालको प्रस्तावित केन्द्रीय सदस्य, २०६४, २०७० र २०७४ को स्थानीय तह, प्रदेश र संघीय चुनावमा आफ्नो क्षेत्रको चुनावी कमाण्डरको भूमिका निर्वाह गर्दै माओवादी केन्द्रले बिधान संशोधन गरेपछि स्थानीय तह, प्रदेश र केन्द्रीय कमिटीलाई कार्यकारी बनाउने र जिल्लालाई समन्वय समिति मात्रै बनाएपछि जिल्ला समन्वय समितिको सदस्य तथा प्रचार विभाग प्रमुखसँगै माप्य दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएकाको माओवादी केन्द्रले जनाएको छ।

पत्रकारितालाई पेशा र व्यवसाय बनाएर क्रियाशील रुपमा काम गर्दा प्राप्त सफलता र अनुभवलाई लिएर सक्रिय राजनीतिमा आएको खालिङले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार