विप्लवलाई झट्का: समातिए १८ योद्धा

काठमाण्डौ । राजनीतिक धारको ब्यक्ती वा समुह भएपनी बिप्लप नेतृत्वले गरेका अराजक कामहरु यो बर्ष पनि दोहोरिरहे । धेरै लामो समयदेखिको राजनीतिक अस्थिरता बाट गुज्रेको मुलुकमा दुई तिहाइ सहितको स्थिर सरकार बने पनी सामाजिक अस्थिरता र आतंक मच्चाउने तत्वहरु सलबलाइरहे ।

विशेषत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेका विभिन्न बिद्रोहहरुले यो बर्ष पनी केही हदसम्म आशान्ती कायम नै रह्यो ।

त्यसैगरी पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् ।

अन्नपूर्ण गाउँपालिका– ११ बाट उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो । घान्द्रुक क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि प्रहरीले चासो दिएको थियो ।

सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए ।

पक्राउ परेकालाई राति नै कास्की प्रहरी कार्यालयमा ल्याइएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको छ ।रिपोर्टर्सनेपाल डटकमबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार