रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी नियुक्त

सन्तोष राउत/रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालकै ११ औं तहका अधिकृत तथा नायब कार्यकारी निर्देशक केसीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

केसी विगत लामो समयदेखि रेडियो नेपालमा विभिन्न जिम्मेवारीमा कुशलतापुर्वक काम गरिरहनुभएको छ । केसीले पूर्वाञ्चल विश्वविद्यालयको पत्रकारिता विषयमा स्नातकोत्तरमा स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।

यसअघिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले राजीनामा दिएपछि सो पद रिक्त थियो । यो पद राजनीतिक नियुक्तिमा पदपूर्ति हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार