सोताङ काँग्रेसले खोज्यो गाउँपालिकाको हिसाब


सोलुखुम्बुको सोताङ गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ मा गरेको खर्च विवरण अध्ययनका लागि नेपाली काँग्रेस सोताङले पाँच सदस्सीय अध्ययन समिति गठन गरेको छ ।

काँग्रेस पदाधिकारी, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखबिच भएको वैठकले गाउँपालिकाले उपलब्ध गराएको योजनागत खर्च अध्ययनका लागि सोताङ गाउँपालिका समितिका सह–सचिव सुर्य कार्कीको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरिएको सचिव बलुकुविर नाछिरिङले जानकारी दिनुभयो ।

काँग्रेस सोताङका सभापति तथा स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य गणेश बस्नेतको अध्यक्षतामा बसेको वैठकले गठित समितिले एक हप्तामा सुझाव दिने र उक्त सुझावको आधारमा अनियमितताको भण्डारफोर गर्ने निर्णय गरेको छ ।

मङ्सिर १२ गते काँग्रेसले माग गरेको योजनागत खर्च विवरण गाउँपालिकाले मङ्सिर १४ गते नै उपलब्ध गराएको थियो । यसैबिच, सोताङ गाउँपालिका ५ का विभिन्न तीन वटा टोलमा काँग्रेसको वडा समिति गठन गरिएको छ भने सम्पुर्ण वडामा संगठन विस्तार र प्रशिक्षणको काम सम्पन्न गरिएको कांग्रेस सोताङका सभापति गणेश बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार