युनियन लाइफले असार ६४ लाख कित्ता आईपीओ निष्कासन गर्दै

युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २४ गतेदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

संस्थाले हाल भएको चुक्तापुँजीको ३० प्रतिशत बराबरको निष्कासन गर्ने आईपीओ मध्ये ३ लाख २२ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत सामुहिक लगानीकोषलाई र बाँकी भएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई बिक्रि गर्ने भएको छ ।

संस्थाको आईपीओमा असार २४ देखि असार २८ गतेसम्ममा न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मको लागि आवेदन दिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार