सोलुदूधकुण्डले भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले पनि भौतिक उपस्थितीमा विद्यलाय सञ्चालन गर्ने भएको छ ।

आवश्यक स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्र्दै भदौ २० गते आइतबारबाट शिक्षक विद्यार्थी भौतिक रुपमा उपस्थित भएर नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा सुपरिवेक्षक गोपालराज भुजेलले जानकारी दिनुभयो ।

यसअघि बसेको नगर शिक्षा समितिको बैठकले कोरोनाका कारण लामो समय देखि शैक्षिक गतिविधि बन्द भएको पठनपाठन विद्यार्थी संख्याको आधारमा तालिका बनाएर कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार