बाढी पहिराेमा ज्यान गुमाएकालाई आर्थिक सहयोग, घाइतेकाे निःशुल्क उपचार

सरकारले बाढीपहिरोका कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । साथै घाइतेकाे निःशुल्क उपचार गर्ने भएकाे छ ।

बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र साेभन्दा बढीकाे मृत्यु भएकाे भए प्रति मृतक एक लाखका दरले थप सहयाेग गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाणले  बैठकपछि जानकारी दिनुभयो ।

गृहमन्त्री खाणका अनुसार घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्ण पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।

त्यस्तै घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रूपियाँ र पछि घर निर्माणका हिमाली भेगमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रूपियाँ उपलब्ध गराउने निर्णय भएकाे छ । साथै जग्गा जमिन नभएकाहरूकाे हकमा जमीन खरिदका लागि प्रतिपरिवार तीनलाख रूपियाँ उपलब्ध गराउने वा सामूहिक घरकाे व्यवस्था गर्ने भएकाे छ ।

यसैगरी उद्भार कार्यका लागि निजी क्षेत्रका हेलिकाेप्टर पनि प्रयाेगमा ल्याउने निर्णय भएकाे मन्त्री खाणले पत्रकारहरूलाइ जानकारी गराउनुभयाे । – गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार