काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १४ औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने गरी तयारी भइरहेको बताउनु भएको हो ।

‘बिहीबार मतगणना सकिएपछि ९ गते शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने छ’, उहाँले भन्नुभयो, ‘१० गते केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने छ ।’

काँग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित भएका छन् ।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ । ३३ जना केन्द्रीय सदस्य पनि मनोनित गर्ने व्यवस्था काँग्रेसको विधानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार