कोरोनाबाट थप ११ जनाको मृत्यु, कुल मृतक ३ सय पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ११ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएकासँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।

आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ महिला र ६ पुरुषको मृत्यु पुष्टि भएको छ । देशभर दुई सय १६ पुरुष र ८४ महिलाको मृत्यु भइसकेको छ ।

देशका मुख्य शहरहरुमा निषेधाज्ञा जारी गरेपनि संक्रमित र मृत्यु हुनेको संख्या थपिने क्रम जारी छ । कोरोना भाइरसको जोखिम झन् बढ्दै गएको छ । सरकारले अझै सतर्क हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार